Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडा ईभी एक्स्पोको स्टल बुकिङ खुल्यो

नाडा ईभी एक्स्पोको स्टल बुकिङ खुल्यो


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला गरेको छ । आउँदो असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नेपालमै पहिलोपटक नाडा ईभी एक्सपो २०२२को आयोजना हुनलागेको छ ।

उक्त ईभी एक्स्पोका लागि बुधबारबाट भदौ ५ सम्म स्टल बुकिङ खुल्ला गरिएको नाडा ईभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सवैलाई उक्त एक्स्पोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया