Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुम्लाको सिमिकोटमा होटल एलिस द वन्डर इन सञ्चालनमा आउँदै

हुम्लाको सिमिकोटमा होटल एलिस द वन्डर इन सञ्चालनमा आउँदै


काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमिकोटमा होटल एलिस द वन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ नेपालको लगानीमा निर्र्माणकार्य भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।

सिमिकोटमा निर्माण भएको यो होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ । हुम्ला आफैँमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु छन् । पर्यटकीय दृष्टिकोणले निकै रमणीय रुपमा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृश्य रहेको छ । होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरुमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ ।

मानसरोवर जाने तीर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्वार भएकाले धार्मिक पर्यटन प्रवद्र्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । होटल पर्यटन र पारिवारिक जमघटको लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोशेढुंगा हुने होटलले विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया