Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको इन्डिया भ्वाइस प्याक अफर

टेलिकमको इन्डिया भ्वाइस प्याक अफर


काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । भदौ १ गतेदेखि लागू भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

इन्डिया भ्वाइस प्याक–डेली अफरअन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा पाइनेछ । त्यसैगरी विक्ली अफरअन्तर्गत सात (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफरअन्तर्गत ३० दिन (एक महिना) सम्म दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमशः दुई सय ५९ रुपैयाँमा र सात सय ५९ रुपैयाँमा उपलब्ध छन् । एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ ।

यो प्याकेज खरिद गर्न आफ्नो मोबाइलबाट स्टार १४१५ ह्याक्स डायल गरी सात नम्बर छनौटपश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया