Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्किलसेवाले ल्यायो नयाँ सेवा

स्किलसेवाले ल्यायो नयाँ सेवा


काठमाडौं । चार वर्ष पहिले तीन जना युवाले ‘जे गर्छौँ नेपालमै गर्छौँ’ भन्ने मूल नाराका साथ सुरु गरेको स्किलसेवा (घर मर्मत संस्था) ले पेन्टिङ सर्भिस पनि सुरु गरेको छ । हालसम्म कम्पनीले २० हजारभन्दा धेरै घरहरुमा आफ्नो सेवा प्रादान गरिसकेको जनाएको छ ।

यस संस्थामा हाल करिब चार सयभन्दा बढी युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेको छ । समयमा काम नसक्ने, भनेभन्दा धेरै खर्च देखाएर पैसा लिने, अदक्ष कामदारद्वारा काम लगाउनेजस्ता समस्या समाधान गर्ने लक्ष्यका साथ कम्पनीले अहिले पेन्टिङ सर्भिस पनि दिन लागेको जनाएको छ ।

कम्पनीका इन्जिनियरहरुले घरमै गयर अत्याधुनिक प्रविधिबाट समस्या पत्ता लगाउने र रंग रोगनमा पछि आउनसक्ने समस्या निर्मूल गरेर सही ढंगबाट सेवा दिने कम्पनीको उद्देश्य रहेको कम्पनीका मुख्य निर्देशक रमेश तिमिल्सिनाले बताए । हरेक काम गर्नुअगाडि घरको निरीक्षण, सही लगानी अनुमान र गुणस्तरमा पाँच वर्षको वारेन्टी दिएर गुणस्तरीय सुविधा दिने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया