Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङले नेपाली युवाहरुलाई प्राविधिक सीपहरूमा तालिम दिने

सामसङले नेपाली युवाहरुलाई प्राविधिक सीपहरूमा तालिम दिने


काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ । यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पस (एसआईसी)को एक भागको रूपमा काम गर्नेछ ।

नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ । सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ, जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ । साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्नेछ ।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारीे एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङले सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट सामसङले नेपाली युवाहरूलाई श्रमबजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्ने बताए । उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिने उनको भनाई थियो ।

साथै त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले सामसङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू–आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइने बताए ।

पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्ने जानकारी दिए । २०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको ’टूगेदर फर टुमोरो !’को विश्वव्यापी सीएसआर भिजनको एउटा हिस्सा हो । मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई एआई र आईओटी जस्ता चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ ।

साथै उनीहरूलाई अर्को पुस्ताको क्षमतावृद्धिको रुपमा प्रेरणा र सक्षम बन्न प्रेरित गर्छ । प्राविधिक प्रशिक्षणको साथसाथै यस कार्यक्रमले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई जीवनमा ल्याउने क्षमता बढाउन नरम कौशल प्रशिक्षण पनि प्रदान गर्दछ ।

इन्स्टिच्युट अफ इन्जिनियरिङ्मा सामसङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया