Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमईको ग्राहकमुखी दशैं अफर

आईएमईको ग्राहकमुखी दशैं अफर


काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सेवाग्राहीमुखी दशैँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । बुधबार पानीपोखरी काठमाडौंस्थित आईएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो । अफर सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आईएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति थियो ।

अफर सार्वजनिक कार्यक्रममा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईको यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए । देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले विदेशबाट आउने रेमिटेन्स बढाउन सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले एक फरक प्रसंगमा गैरआवासीय नेपाली संघसँगको सहकार्यमा निर्माणसम्पन्न भएको २७ मेगावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन मंगलबार मात्रै राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएको बताउँदै विदेशबाट आउने रेमिट्यान्सलाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आईएमई ग्रुप तयार रहेको जानकारी दिए ।

कार्यक्रममा ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैँजस्तो यसपटक पनि आईएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गरे । भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैँ आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिट्यान्स सेवा प्रदान गर्न आईएमई प्रतिबद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिट्यान्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिट्यान्स सेवा दिन कम्पनीले त्यहीअनुरूपको तयारी पूरा गरेको बताए । कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ ।

उक्त अफर २०७८ साल भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल नौ हप्ता कायम हुनेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया