Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला जेरो सुगर ग्लास बोतलमा

कोका–कोला जेरो सुगर ग्लास बोतलमा


काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरीविना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी बोतलहरु वातावरणमैत्री त छन् । साथै यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रिफ्रेश बनाई सक्छ । कोका–कोला जेरो सुगर आरजीबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध छ । कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेसमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो ।

स्थानीय उपभोक्ताहरुसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धताअनुसार कोका–कोलाले निरन्तर रुपमा उनीहरुको जीवनशैली र आवश्यकताअनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादनहरु बजारमा ल्याउँदै आइरहेको जनाएको छ । कोका–कोला जेरो सुगरको नयाँँ आरजीबी प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया