Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी नेपालको दशैँ ‘दशमी अफर’

शाओमी नेपालको दशैँ ‘दशमी अफर’


काठमाडौं । शाओमी नेपालले दशैँको अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । कम्पनीको एक महिना लामो ह्यासट्याक दशमी क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि लक्की ड्रमा प्रत्यक्ष सहभागी भई उपहारहरू जित्ने मौका पाउनेछन् ।

कम्पनीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष यो अफर ल्याएको हो । यस क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले मीको फोर एस ६५ इन्चको टिभी, चार जनाले मीको ४३ इन्चको टिभी र दैनिक १० जनाले भाग्यशाली ग्राहकहरूले बड थ्री लाईट, मोसन नाइट लाइट र नेकब्याण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले नेपालमा शाओमी लन्च भएदेखि नै मीका फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताए । यसले कम्पनीका उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैँ प्रोत्साहित गरेको उनको भनाइ छ । शाओमीको दशमी अफरहरू बिहीबारदेखि असोज १४ गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुने बताइएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया