Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना सार्वजनिक

ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना सार्वजनिक


काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले दशैँ तिहारलाई लक्षित गरी ‘डबल डिलाइट’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् ।

लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले एलजीको ५५ इन्चको ओलेद टिभी, एक भाग्यशाली ग्राहकले दुबई टुर प्याकेज, दुई भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहारस्वरुप चार भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै स्योर सट उपहारस्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तर्राष्ट्रिय ब्रान्ड्को पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछन् भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसैगरी गार्मेन्ट स्टिमरको खरिदमा गुणस्तरीय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ । यो योजनाको लाभ बिहीबारदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको कम्पनीको दाबी छ । यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले उल्लेख गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया