Techie IT
×
गृहपृष्ठकर्पोरेटबेकोको दशैँ तिहार योजना सार्वजनिक

बेकोको दशैँ तिहार योजना सार्वजनिक


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैँ तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोसँग दशैं तिहार, भित्र्याउनुहोस् खुसी र उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा छ किलोको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ ।

साथै बेकोको रेफ्रिजेरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्री स्ट्यान्डिङ ओवन) को खरिदमा प्रेसर कुकर र एअर कन्डिसनरको खरिदमा चार हजार रुपैयाँबराबरको फ्री इन्स्टलेसन पाइन्छ । उक्त योजना भदौ १० देखि नै सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया