Techie IT
×
गृहपृष्ठकर्पोरेटकेएफसीको चौधौँ शाखा बुटवलमा

केएफसीको चौधौँ शाखा बुटवलमा


काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौं शाखा बुटवनमा विस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खानगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा शाखा खोलिएको कम्पनीले जनाएको छ ।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार, बर्गर र अन्य परिकारहरु पाइनेछन् । केएफसीले कोभिड–१९ को रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीति समेत अवलम्बन गरेको जनाएको छ । जसका लागि चार प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दूरी र कन्ट्याक्टलेस सेवाजस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलीकरण गर्नेछ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया