हिम इलेक्ट्रोनिक्सद्वारा नयाँबजार खुसिबुमा सामसङको शाखा स्थापना
काठमाडौं । हिम इलेक्ट्रोनिक्सले काठमाडौंको नयाँबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया–नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए ।
नेपालमा सामसङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ट बनाएको छ । कार्यक्रममा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले कम्पनीले अहिले उपत्यकाबाहिर पाँचवटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् ।
निर्देशक गोल्छाले हिम इलेक्ट्रोनिक्सले आगामी दिनमा आउटलेटहरु विस्तार गर्दै ग्राहकहरूलाई सामसुङका गुणस्तरीय सामग्री उपलब्ध गराउने उल्लेख गरिन् । सामसङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामग्रीहरू बिक्री गर्दछ । कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामग्री उपलब्ध गराउनुका साथै विश्वस्तरमा प्रख्यात सामग्रीहरू उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै कम्पनीले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआई ४.० बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया