Techie IT
×
गृहपृष्ठकर्पोरेटरामदेव तेलद्वारा कुशे औँसी योजनाका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा कुशे औँसी योजनाका विजेतालाई पुरस्कार वितरण


काठमाडौं । रामदेव तेलले बुवाको मुख हेर्ने दिन कुशे औँसीको उपलक्ष्यमा आयोजना गरेको कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्ने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ ।

कम्पनीले कुलेश्वरमा शुक्रबार एक समारोहका बीच पुरस्कार वितरण गरेको हो । लक्की ड्रमार्फत विजेता हुन सफल भएका दुई जनाले जनही १÷१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता काठमाडौंकी करुणा पाठक र दिपा ताम्राकारका आफन्तलाई रामदेव तेलका बजार प्रबन्धक विनोद श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए । गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया