Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडा ईभी एक्स्पोको तयारी तीव्र

नाडा ईभी एक्स्पोको तयारी तीव्र


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा पहिलोपटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पो २०२२ को तयारी तीव्र गतिमा अगाडि बढाएको छ । भृकुटीमण्डपमा आगामी असोज ६ देखि ९ गतेसम्म आयोजना हुने उक्त एक्स्पोमा चारपांग्रे, तीनपांग्रे, दुईपांग्रे विद्युतीय सवारीसाधनहरुको उल्लेख्य सहभागिता रहने नाडाको दाबी छ ।

यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्विपमेन्ट्स, चार्जिङ्ग स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कुल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ । यस्तै एक्स्पोमा सहभागी हुने कम्पनीहरुको लागि शुक्रबार लक्की ड्र कार्यक्रमको पनि आयोजना गरिएको थियो । टेकुस्थित आफनै सचिवालयमा उक्त कार्यक्रम गरिएको एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए । उक्त कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदीपमान प्रधान समेतको उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया