Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारको भदौ महिनाको ‘२० मा विज’ क्याम्पेन

बिजबजारको भदौ महिनाको ‘२० मा विज’ क्याम्पेन


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा विज’ नामक क्याम्पनेअन्तर्गतको भदौ महिनको क्याम्पेन सुरु भएको छ । उक्त क्याम्पेन आइतबार राति १२ बजेदेखि सुरु भएको हो ।

उक्त कम्पनीले सोमबार अपराह्न ६ देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको हो । उक्त योजनामा भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेनअन्तर्गतको विशेष महाबौद्ध योजनामा ७५ प्रतिशतसम्म, बिजुलीको बजार योजनामा ७० प्रतिशतसम्म र घरको अत्यावश्यक वस्तुहरु योजनामा ६५ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् भने यो कहाँ प-योअन्तर्गत खेलका विजेता सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन् । यस योजनाका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया