Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमंगलम् एचडीपीई पाइप बजारमा

मंगलम् एचडीपीई पाइप बजारमा


काठमाडौं । मंगलम् पाइप्सले भूमिगत प्रयोजन, सिँचाइ प्रणालीकोलागि बढी प्रयोग हुने पाइप बजारमा ल्याएको छ । एचडीपीई (हार्ड डेन्सिटी पोलिइथाइलिन लिन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइपहरु भूमिगत प्रयोगको लागि मात्र नभई अन्य धेरै कामको लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिक्रिया नगर्ने भएकोले ग्रामीण भेगमा पानीको पाइपको लागि पनि मङ्गलमको एचडीपीई पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ । अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेडसम्म) असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछयाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्च चाप सहन सक्ने भएकोले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् ।

यो पाइपहरु प्रायः कालो रंगमा उपलब्ध हुन्छन् । प्रयोगअनुसार यी पाइपहरु विभिन्न आकार र मोटाइमा उपलब्ध छन् । उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइप लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ । नेपालमा गुणस्तरीय एचडीपीई उत्पादन र वितरण गर्ने कम्पनीहरुमध्ये मंगलम् पाइप उपभोक्तामाझ सर्वाधिक रुचाइने पाइप हो ।

अन्तर्राष्ट्रियस्तरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चापदार्थ प्रयोग गरी उत्पादन गरिने एचडीपीई पाइप सँगसँगै मंगलम् पाइप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरी आठवटा फरक–फरक पाइपहरु उत्पादन गर्दै आएको छ । मंगलमको एचडीपीई पाइपहरू आईएसओ ९००१ः२०१५ साथ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया