Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेन्ट आरओको दशैँ तिहार अफर

केन्ट आरओको दशैँ तिहार अफर


काठमाडौं । केन्ट आरओले दशैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । ‘केन्ट आरओ दशैँ तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित सार्वजनिक गरिएको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा इलेक्ट्रिक केट्टेल उपहार पाइने भएको छ ।

यो ग्राहक योजना भदौ १३ गतेदेखि नै सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकहरुको रोजाइमा केन्ट आरओ पर्ने गरेको कम्पनीको दाबी छ । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया