Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘फोर्स मोटर्सको दशैँ तिहार अफर’

‘फोर्स मोटर्सको दशैँ तिहार अफर’


काठमाडौं । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले दशैँ र तिहार अफर सार्वजनिक गरेको छ ।

कम्पनीको अफरअन्तर्गत कुनै पनि गाडीको खरिदमा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोनलगायतका उपहारहरु पाइनेछ । यस अफर आगामी कात्तिक १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

विगत आठ वर्षदेखि कम्पनीले नेपालमा गाडीहरुको बिक्रीवितरण गर्दै आएको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैह्रीधारमा, पोखराको चाउथे र सुनसरीको इटहरीमा आफ्नै शोरुम सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया