Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबोसको तालिम र सम्मान कार्यक्रम

बोसको तालिम र सम्मान कार्यक्रम


काठमाडौं । नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गरे ।

त्यसैगरी उनले फिल्ड च्याम्पियनहरुलाई अझै व्यावसायिक तरिकाले नेपाली ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ फिट फर फ्युचर क्याम्पेन समेत लन्च गरे । बजारमा भएको कठिन अवस्थाको वावजुद आर्थिक वर्ष २०७८/७९ मा अटो पार्ट्स उद्योगका रिटेलर र वर्कशपहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई अप स्किलिङ प्रोग्रामका बीच सत्यदीप ग्रुपले सम्मान गरेको छ ।

सत्यदीप ग्रुपसँग हाल नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न प्रतिबद्ध र अटो पार्ट्स उद्योगमा समर्पित २५ भन्दा बढी व्यक्तिहरु सो तालिममा सहभागी भएका थिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया