काठमाडौं । विद्यार्थीलाई शैक्षिक गतिविधिमा मद्दत गर्दै आएको एडुसञ्जालले सिम्याटको अनलाइन तयारी कक्षा सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत विद्यार्थीले एडुसञ्जालको आधिकारिक वेबसाइट (सिम्याट डट ईडीयूसञ्जाल डटकम) मा गई सिम्याटको कक्षा लिनसक्ने व्यवस्था गरिएको छ ।
साथै सीमित अवधिका लागि मात्रै यो सुविधा निःशुल्क रूपमा प्रदान गरिएको एडुसञ्जालका संस्थापक बिदुर आचार्यले जानकारी दिए । ‘सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ’, उनले भने, ‘हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । जसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्यांकन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।’ भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ । तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समयअनुकूल पठनपाठन गर्न सहज वा उपयुक्त हुने, साथै काठमाडौँ उपत्यकाबाहिरका विद्यार्थीहरुका लागि पनि यसले थप सहजता प्रदान गर्ने उनले बताए । उनका अनुसार विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अंक हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्यांकन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन् ।
के हो सिम्याट ? त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत सेमेस्टर सिस्टममा आधारित बीबीए, बीबीएम, बीएचएम, बीआईएम, बीपीए, बीटीटीएम र बीएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट) हो । आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अंक ल्याउनुपर्ने हुन्छ ।
सिम्याटको इलिजिबिलिटीमा कक्षा १२ वा सो सरहको पढाइमा १.८ सीजीपीए वा कम्तीमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्छ । ९० मिनेटको सिम्याट परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी, लजिकल रिजनिङ र जेनेरल अवेरनेस गरी चारवटा सेसन हुन्छन् । हरेक सेसनमा २५ वटा प्रश्न र २५ नै अंकभार बोकेको हुन्छ भने कुल एक सय वस्तुगत प्रश्न हुन्छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया