Techie IT
×
गृहपृष्ठकर्पोरेटनोकिया सी२१ प्लस सर्वजनिक

नोकिया सी२१ प्लस सर्वजनिक


काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिजअन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ । १६ हजार चार सय ९९ रुपैयाँमा पाइने यो स्मार्टफोन राम्रो, बलियो, गुणस्तर र लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअपका साथ उपलब्ध छ ।

कम्पनीका अनुसार नोकिया सी२१ प्लसमा पाँच हजार ५० एमएएच ब्याट्री समावेश गरिएको छ । यसले एकचोटि चार्ज गर्दा तीन दिनसम्म चल्छ । साथै यसमा भएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धूलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि आईपी५२ मूल्यांकन गरिएको छ । यस्तै यो फोनले प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्न दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ ।

थप गोपनीयता र सुविधाको लागि यसमा फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधि रहेको छ । नोकिया सी२१ प्लस एन्ड्रोइड ११ (गो एडिसन टिएम), एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँछ, जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया