Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई फेष्टिबल डिलाइट २०७८ अफरको विजेतालाई पुरस्कार वितरण

हुन्डाई फेष्टिबल डिलाइट २०७८ अफरको विजेतालाई पुरस्कार वितरण


काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेष्टिबल डिलाइट २०७८ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

कम्पनीले थापाथलीस्थित हुन्डाई शोरुममा एक कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरेको हो । विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिहरुले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले तीन लाखसम्म रुपैयाँको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए ।

हुन्डाई फेष्टिबल डिलाइट २०७८ अफरको विजेताको घोषणा लक्की ड्रमार्फत गत भदौ ९ गते गरिएको थियो । उक्त अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्राचार्यले हुन्डाई आई२० जितेका थिए । सो योजना २०७८ भदौ २४ देखि कात्तिक ३० सम्म लागू गरिएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको लागि विभिन्न नौलो योजना ल्याउने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया