Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजीडब्ल्यूएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर

जीडब्ल्यूएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर


काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले दशैँ, तिहार र छठको अवसर ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक गरेको छ । यो अफर जीडब्लुएमका सबै प्रकारका गाडीको खरिदमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत जीडब्ल्यूएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । साथै यस योजनामा एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्रि मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् । साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयं वा आफ्नो परिवारसँग कसैको पहिले नै जीडब्ल्यूएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् ।

ग्राहकहरुले निःशुल्क एसेसरिजसहित पाँच वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ । यस्तै आर्थिक वर्ष २०७८/०७९ को रोड ट्याक्स फ्री र फ्रि एसेसोरिज समेत पाइने कम्पनीले जनाएको छ । ग्रेट वाल मोटर नेपालले हाभल एच सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोबल मोडेलहरुका नेपालमा उपलब्ध गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया