पठाओको ‘दशैँ महोत्सव’, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभरी
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैँ महोत्सव २०७९’ घोषणा गरेको छ । बिहीबारदेखि असोज १२ गतेसम्म उक्त महोत्सव आयोजना गरिने पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।
दशैँ महोत्सवअन्तर्गत तोकिएको प्रक्रिया पूरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्नेछन् । राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्रमार्फत छनौट गरी बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभरी १२५ दिइने हमालले बताइन् ।
तीन हप्तामा नौ जना र बम्पर उपहारमा दुई जना गरी कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरी नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ । यस्तै, दशैँ महोत्सवको अवधि भरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया