Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगन अटोको दशैँ डिलाइट अफर

चांगन अटोको दशैँ डिलाइट अफर


काठमाडौं । चांगन अटो नेपालले दशैँ डिलाइट अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले चांगनको हन्टर र एल्सभिन १५ र आठ लाख डाउनपेमेन्टमै प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तै अन्य विविध अफरहरुको लाभ उठाउन सकिनेछ ।

अन्य अफरहरुअन्तर्गत ग्राहकहरुले आकर्षक छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र एक वर्ष निःशुल्क रोड ट्याक्स प्राप्त गर्नेछन् । अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित शोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया