भिभोको नयाँ स्मार्टफोन भी२५ सिरिज सार्वजनिक
काठमाडौं । भिभोले भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ । यस्तै कम्पनीले स्मार्टफोन सार्वजनिक हुनुअगाडि अग्रिम बुकिङ खुल्ला गरेको थियो ।
प्रि–बुकिङका लागि उपलब्ध गराएको चार दिनमा छ सयभन्दा बढी भी२५ सिरिजको प्रि–बुकिङ भएको कम्पनीले जनाएको छ । भी२५ र भी२५ई दुवैमा रंग परिवर्तन हुने ग्लास प्रविधि छ, जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ । त्यस्तै भी२५ शृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ । भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेसन छ । साथै भी२५ सिरिजमा बोकेह फ्ल्येर पोट्र्रेटलगायत अन्य क्यामेरा विशेषताहरु छन् । भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ, जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । साथै, भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ ।
भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री छ, जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन् । भी२५ फाइभजी अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा ५२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यस्तै भिभो भी२५ई सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा ४२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया