दराजको पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’
काठमाडौं । अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलोस्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’को घोषणा गरेको छ । कम्पनीले यही शनिबार भृकुटीमण्डप गार्डेन, काठमाडौंमा दराज महोत्सवको आयोजना गर्न लागेको हो ।
दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तर्क्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ । दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहेको बताए । यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरी विभिन्न गतिविधिहरु समेट्ने प्रयास गरेको उनको भनाइ छ । धेरैभन्दा धेरै ग्राहकहरुको उपस्थितिको अपेक्षा गर्दै कम्पनीले निःशुल्क प्रवेशको व्यवस्था समेत गरेको उनले जानकारी दिए ।
दराज महोत्सव सुशान्त केसी, स्वप्न सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुति रहने बताइएको छ । साथै महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेलहरु र आकर्षक तथा मनै लोभ्याउने वस्तुहरुको प्रदर्शन पनि गरिनेछ । दराज महोत्सव दराज एप भएका जो कोहीका लागि निःशुल्क कार्यक्रम हो, आगन्तुकहरूले कार्यक्रममा प्रवेश गर्नका लागि आफ्नो फोनमा एप देखाउनुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता
- सिटिजन लाइफको प्रिमियम मूल्यको सर्वसाधारण सेयर
- २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी
- विद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया