युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाइ मेसिन प्रदान
काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी ९ को वडा कार्यालयलाई कम्प्युटर तथा सिलाइ मेसिन हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वडा कार्यालयलाई १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको जनाएको छ ।
कम्पनीले बुधबार नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेती, वडा नं. ९ का अध्यक्ष माधव प्रसाद सिलवाललगायतको उपस्थिति थियो । कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा कम्पनीले सहयोग गर्दै आएको बताए । साथै उनले त्यसै वडामा केही वर्षपहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको जानकारी दिए ।
कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेन्ट्सको यो कार्य एकदमै प्रशंसनीय रहेको बताए । ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले विगत सात वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया