एमएडब्लुद्वारा नेपालमा १० हजार जेसीबी मेसिन बिक्री
काठमाडौं । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेको छ । नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट क्षेत्रमा नयाँ प्रतिविम्ब स्थापना गर्न आफूहरु सफल भएको कम्पनीको भनाइ छ ।
जेसीबी इन्डियाका सीईओ तथा प्रबन्धनिर्देशक दिपक सेठीले एमएडब्लु अर्थमुभर्सका प्रबन्धनिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले शुक्रबार कालिका कन्स्ट्रक्सनका प्रबन्धनिर्देशक निकोलस पाण्डेलाई १० हजारौँ मेसिनको चाबी हस्तान्तरण गरेका थिए । १० हजारौँ मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सीईओ तथा प्रबन्धनिर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए ।
ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पूर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको उनको भनाइ थियो । त्यसैगरी, कालिका कालिका कन्स्ट्क्सन प्रालिका प्रबन्धनिर्देशक निकोलस पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।
नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लु जेसीबीले गुणस्तरीय र वल्र्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ । एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्क्साभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडरजस्ता जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टहरुको बिक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया