पूर्वी क्षेत्रका उद्योगी व्यवसायीलाई कर, भन्सार र भीसीटीएससम्बन्धी प्रशिक्षण
काठमाडौं । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीलाई कर, भन्सार र भेहिकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भीसीटीएस) सम्बन्धी प्रशिक्षण दिइएको छ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल र मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन प्रदेश १ विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मोरङ अटोमोबइल्स डिलर्स एसोसिएसनमा आबद्ध विभिन्न फर्म कम्पनीका गरी ८० जना व्यवसायीको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुलाई इटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत तीर्थराज खनाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत सूर्य पोखरेल र कर अधिकृत रमेश ओझाले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी उक्त कार्यक्रममा भन्सार कार्यालय रानीका अधिकृत अरुण पौडेल र अधिकृत अमित तिवारी तथा चार्टर्ड एकाउन्टेन्ट साहिल अग्रवालले समेत प्रशिक्षण दिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले हाल सवारीसाधन आयात गर्न बन्देज भएको अवस्थाले यो व्यवसाय नै धराशायी भएको बताए । यस्तै मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले व्यावसायिक एकतामा जोड दिए ।
यस्तै अध्यक्ष श्रेष्ठले एसोसिएसनले यस किसिमका विभिन्न व्यावसायिक क्षेत्रलाई टेवा पु-याउने किसिमका तालिम गर्दै आइरहेको जानकारी दिए । आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो । कार्यक्रममा कर, भन्सार तथा भेहिकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भीसीटीएस) सम्बन्धी विषयमा जानेर वा नजानेर कतिपय व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनुपर्ने विषयवस्तु र भीसीटीएसले व्यवसायमा कसरी सहयोग पु-याउनेछ भन्ने सामान्य जानकारी समेत नहुने भएकाले यो प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण व्यवसायी प्रतिष्ठानदेखि स्वयं व्यवसायीहरु प्नि लाभान्वित भएको सहभागी व्यवसायीहरुको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया