शाओमी विगत ८ त्रैमासिकदेखि शीर्ष स्मार्टफोन कम्पनीको स्थानमा
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले विगत आठ त्रैमासिकदेखि शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल भएको छ । मार्केट रिसर्च फर्म आईडीसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ को रिलिजअनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको शाओमीको भनाइ छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले आईडीसीको रिपोर्टअनुसार निरन्तर आठौँ त्रैमासिकसम्म पनि कम्पनी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएको बताए । उनका अनुसार रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिजजस्ता विभिन्न मूल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ ।
यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसरलगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु-याएको छ । साथै शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टर स्थापना गरेको छ । हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ ।
नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नको लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथसाथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबुत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको र यसले शाओमीलाई विगतको त्रैमासिकभन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया