Techie IT
×
गृहपृष्ठकर्पोरेटरामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण


काठमाडौं । रामदेव तेलले चाडपर्वको अवसरमा ल्याएको अफरअन्तर्गतका विजेतालाई पुरस्कार वितरण गरेको छ । ‘माया भर्छौँ हामी, चाडपर्वको वहार हरेक हप्ता उपहार योजना’अन्तर्गत तेस्रो हप्ताको लक्कीमार्फत विजेता भएका एक समारोहका बीच पुरस्कार वितरण गरिएको हो ।

यस तेस्रो हप्ताको लक्की ड्र गरिएको तेस्रो हप्ताको प्रश्नोत्तर सल्भ द पज्जल रहेको थियो । यसअन्तर्गत प्रतियोगितामा भाग लिई लक्की ड्रमार्फत विजेता भएका दुई जनाले जनही १÷१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता हुन सफल काठमाडौं थानकोटकी सुभध्रा विष्ट र काठमाडौं टेकुकी स्वाती मर्हजनलाई गणपति वनस्पति प्रालिका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । गणपति बनस्पति प्रालिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले नेपालीहरुको महान् चाड तीजदेखि छठ पर्वसम्मको लागि चाडपर्वको वहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरेको थियो ।

जसअनुसार हरेक हप्ता दुई जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । गणपति वनस्पति प्रालि लक्की ग्रुपको भागिनी संस्था हो ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया