दया फाउन्डेसनले कल्चरल भिडियो कन्टेस्ट सञ्चालन गर्ने
काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरु झल्काउनेसम्बन्धी कल्चरल भिडियो कन्टेस्टको आयोजना गर्ने भएको छ । इन्द्रजात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले तीन मिनेटसम्मको उल्लिखित विषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ ।
उक्त प्रतियोगिताको पहिलो चरणमा आगामी असोज १५ गते शनिबारका दिन बेलुकी ६ बजे जुम मिटिङमार्फत प्रतियोगीहरुको छनौट गरिनेछ । पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पुस १६ गतेभित्र आफूले तयार गरेको भिडियो दया फाउन्डेसनको इमेलमा पठाइसक्नुपर्नेछ ।
यस प्रतियोगिताको विजेताको घोषणा आगामी माघ १ गते गरिने आयोगले जनाएको छ । कन्टेस्ट घोषणा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठूलो टेवा पु-याउने बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया