Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोल्डन ओक १२औँ कृति अवार्ड्स सम्पन्न

गोल्डन ओक १२औँ कृति अवार्ड्स सम्पन्न


काठमाडौं । नेपाल विज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्ड्सको १२औँ सस्ंकरण ‘गोल्डन ओक १२औँ कृति अवार्ड्स २०७९’ सम्पन्न भएको छ । होटल सोल्टीमा भव्य समारोहका बीच शनिबार अवार्ड वितरण गरिएको थियो ।

३१ विभिन्न विधाको अवार्डका लागि ४५ वटा एजेन्सीहरुले सहभागिता जनाएका थिए । त्यसमध्ये विभिन्न १५ एजेन्सीहरुले ५० वटा पुरस्कार पाएका छन् । आयोजकका अनुसार मेकवेज प्रालिले १९ वटा, बिजनेस एडभान्टेज र प्रिज्मार्क मार्केटिङले ५/५ वटा, आउटरिच नेपाल र डिजिटलइनले ४/४ वटा, अभानी एडभर्टाजिंग –३, एएनएस क्रिएसनले –२ र म्याक्स मिडिया, प्रिज्मा एडभरटाइजिङ कन्सर्ट वान, डीएनए टेक्नोलोजी, मार्स प्रा.लि., कि एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले १/१ वटा अवार्ड जितेका छन् ।

उक्त कार्यक्रमको कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए । साथै कार्यक्रमलाई विभिन्न टिभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । संघका अध्यक्ष सोम प्रसाद धितालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले यस्ता सिर्जनशील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।

संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ विधाका उत्कृष्ट विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्ड्स प्रदान गर्नुका साथै खादा–मालासहित सम्मान गरिएको थियो । छ सय जनाभन्दा बढी प्रत्यक्ष उपस्थित दर्शकबीच गरिएको उक्त समारोहमा कलाकार तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुले विजयीहरुलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा कलाकारहरुले आ–आफ्नो नृत्य तथा कला प्रदर्शन समेत गरेका थिए । बाह्रौँ कृति अवाडर््सको मुख्य प्रायोजक ‘गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेका छन् भने इन एसोसिएसन विथमा डाबर नेपालका साथै मुक्तिनाथ विकास बैंक बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैंक लिमिटेड, आरटीपीएफ, सेल पे, सफ्टि हाइजिन, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लिमिटेड, क्यूएफएक्स र हस्पिटालिटी पार्टनर सोल्टी होटल थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया