काठमाडौं । हुन्डाई नेपालले नेपालको ‘वी‘भी’ द चेन्ज’अभियानअन्तर्गत पचली भैरव, मन्दिर, टेकुमा सरसफाइ गरेको छ । पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ ।
हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको उक्त सरसफाइ कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रंग पनि लगाइएको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा सरसफाइको सवालमा समुदायको आवश्यकतालाई हेरेर आयोजना गरिएको कम्पनीको भनाइ छ । ‘‘वी‘भी’ द चेन्ज’’ अभियान हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य–बद्धता गर्ने पहलस्वरूप ल्याइएको कार्यक्रम हो । यसमा वी‘भी’को अर्थ आजको दिनमा कार्बन न्युट्रालिटीको पर्याय नै बनेको ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ हो भने ‘‘वी‘भी’ द चेन्ज’’ परिवर्तनको सुरुवात आफैँबाट भन्ने अवधारणालाई आत्मसात् गर्दै ल्याइएको हो ।
अभियानअन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण गरिसकिएको छ । आगामी दिनमा पनि कम्पनीले ‘यस अभियानअन्तर्गत पर्यावरण र दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।
कम्पनीले कार्बन न्यूट्रालिटीतर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरणमैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन तयार गर्ने योजना बनाएको छ । हुन्डाईले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘गोल अफ द सेन्चुरी’ नामक विश्वव्यापी अभियान सुरु गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया