Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटले ल्यायोे आकर्षक दशैँ अफर

भायानेटले ल्यायोे आकर्षक दशैँ अफर


काठमाडौं । दशैंमा आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक दशैँ अफर ल्याएको छ । अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरुले नोकिया बिकन १.१ मेस राउटर वा एम आई ४. एडुअल व्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

यस्तै भायानेटको अल्ट्रा फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९ सय ९९ रुपैयाँ प्रतिमहिनामा पाउन सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमा आउने डुअल व्यान्ड ओ.एन.यु सँगै ग्राहकहरुले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल व्यान्ड राउटरमध्ये एक छानेर राख्न पाउनेछन् । यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ । कम्पनीका अनुसार ग्राहकले मेस राउटर लिनका लागि ४ हजार रुपैयाँ र एमआई ४.ए राउटरको लागि १ हजार ५ सय रुपैयाँ डिपोजिट गर्नुपर्नेछ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई सस्तोमा घरभरी वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको जनाएको छ । साथै भायानेटले वार्षिक सदस्यता मात्र १ सय ५० रुपैयाँ प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्स मात्र ५ सय रुपैयाँ डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरुका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया