नेपाल वाल प्लास्टका ड्राइ मोर्टार बजारमा
काठमाडौं । नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीका अनुसार हाल घर निर्माण गर्दा निर्माण सामग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या छ ।
माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा भण्डारणको समस्या, निर्माण कार्य समयमै पुरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावटको समस्या, क्र्याकको समस्या तथा अन्य निर्माण कार्य सम्बन्धित समस्याहरु समाधान गर्न कम्पनीले आफ्ना उत्पादनहरु बजारमा ल्याएको हो । निर्माण र उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीद्वारा स्थापित यस कम्पनीले बालकुमारी हार्डवेयर नैकापको सहकार्यमा म्यासकट अनावरण तथा उत्पादनहरुको अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको छ ।
अत्याधुनिक कारखानामा इटालियन उच्च प्रबिधि तथा कम्प्युटराइज्ज प्रणाली र अनुभवी दक्ष प्राबिधिक जनशक्तिद्वारा उत्पादित हुने वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पूर्णस्वचालित प्लान्टबाट १०० प्रतिशत, धूलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरी निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले उत्पादन गरेको पाँचथरिका उत्पादित ड्राइ मिक्स मोर्टारबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । ग्राहकसामु आफ्नो उत्पादन पु¥याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्यावसायिक प्रतिष्ठा जोगाउन लागिपर्ने कम्पनीले जनाएको छ । कम्पनीले न्यून कार्बन मान्यतालाई कठोरताका साथ पालना गर्ने हुँदा उपभोक्ता, समुदाय र समाजको स्वास्थ्यप्रति पूर्ण प्रतिबद्ध रही आफ्ना उत्पादनलाई बजारमा ल्याउने बताएको छ । कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाएको छ । यस्तै मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दाबी रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया