काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा असोज ६ देखि ९ गतेसम्म नाडा ईभी एक्स्पो २०२२ हुने भएको छ । नेपालमा पहिलोपटक विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ÷संस्थाहरुको भव्य प्रदर्शनी ‘सिएटद्वारा प्रायोजित नाडा ईभी एक्स्पो २०२२’ काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुनलागेको हो ।
एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एक्स्पोमा सातवटा ब्राण्डका चारपाङग्रे, एउटा तीनपाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, दुईवटा ब्राण्डका ब्याट्री, नौवटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चारवटा वित्तीय संस्थाहरुको सहभागिता रहने नाडा ईभी एक्स्पो समितिका सभापति अनुप कुमार बरालले बताए । उनका अनुसार नेपाल विद्युत् प्राधिकरण एक्स्पोको सहयोगी संस्थाको रुपमा सहभागी भएको छ भने यूएसएआईडी क्लिन एयरले नलेज पार्टनरको रुपमा ईभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ ।
एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर छ भने सहप्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ । नेपाली महान् चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समष्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने आयोजकको भनाइ छ ।
एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहनेछन् भने एक्स्पोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोमा वारुण सुरक्षा एवं नियन्त्रणका लागि फायर सेफ्टी सपोर्टको रुपमा हिटको प्रालि छ । वातावरण एवं ईभीसम्बन्धी व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि यूएसएआईडी क्लिन एयरले तीन दिनसम्म ईभी चौतारी नामक गोष्ठी सञ्चालन गर्ने भएको छ । साथै महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहनेछ ।
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनीस्थलमा भीडभाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आयोजकले सोमबारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर समेत रहेको बताइएको छ । साथै प्रत्येक टिकट खरिदमा २५ प्रतिशत क्यासब्याकको अफर समेत छ । चार दिनसम्म चल्ने उक्त नाडा ईभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया