Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेमण्डको सातौँ शोरुम गोल्फुटारमा

रेमण्डको सातौँ शोरुम गोल्फुटारमा


काठमाडौं । सर्टिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले आफ्नो सातौँ शोरुम गोल्फुटार बूढानीलकण्ठमा विस्तार गरेको छ । उक्त शोरुमको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले उद्घाटन गरेका हुन् । नयाँ शोरुममा टेलरिङ्ग सेवाबाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाइन्ट तथा अन्य रेडिमेड सामग्रीहरु उपलब्ध छन् ।

यस ब्राण्डका कपडाहरुमा खुम्चिने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने शोरुमको दाबी छ । यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरी, महेर, आन्गोराजस्ता उच्चकोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्डका उत्पादनहरु अन्य ब्राण्डको उत्पादनभन्दा स्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्डको दाबी छ ।

साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामग्री अष्टे«लियाबाट ल्याइने बताइएको छ । रेमण्डका अध्यक्ष सञ्जय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै निश्चित मूल्य समेत भएको बताए । पुतली सडकमा सन १९९९ मा सञ्चालनमा आएको रेमण्डको ब्राण्डहरु हाल दरबारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा छन् । साथै यसले बुटवल, पोखरा, विराटनगरमा पनि शाखाहरु विस्तार गर्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया