काठमाडौं । नेपालका तीन प्रमुख स्थानमा मंगलबारदेखि असोज ४ गतेसम्मको लागि एक हप्ता लामो हिमालयन भिगन (पुर्णशाकाहार) फेस्टिभल २०२२ सुरु भएको छ । लुम्बिनीमा मंलबार र बुधबार, काठमाडौमा भदौ ३०, ३१ र असोजको १ गते र असोजको २, ३ एवं ४ गते होटल ग्राण्ड विराजचोक पोखरामा हुँदै छ । यस प्रकारको महोत्सव दक्षिण एसियामै पहिलो पटक हुन गइरहेको आयोजकहरूले बताएका छन् ।
भिगन जीवनशैली अप्नाउनेहरूको सँख्या विश्वव्यापी रूपमा बढ्दो क्रममा रहेको हुनाले विश्वव्यापी रूपमा बढ्दै गरेको यस प्रकारको जीवनशैलीबारे नेपालमा पर्यटकीय संभावना पनि यथेष्ट रहनसक्ने भएकोले त्यसबारे आमसर्वसाधारणलाई जानकारी दिने हेतुले महोत्सव आयोजना गरिएको दि हिमालयन भिगन फेस्टिभल २०२२ का कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । नेपालजस्तो हिमाल पहाड तराईको भुगोल मिलेर बनेको तथा अहिंसा सिद्धान्तका प्रतिपादक भगवान बुद्ध जन्मेको देशमा विशुद्ध शाकाहारी जीवनशैलीबारे ज्ञान तथा जानकारी गराई अहिंसा, करुणा, प्रकृतिप्रेमी भावना अभिवृद्धि गर्ने हेतुले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको महोत्सवका महासचिव जनरल अजित थापाको भनाई छ ।
फेस्टिभलमा दुई सयजति अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रतिनिधि र सेलीब्रेटी वक्ताहरूको सहभागिता रहने बताइएको छ । यसै गरी ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनीहरू, भिगन खानाका बिक्रीकक्षहरू, यसैगरी दूध, दही, चीज, केक आदिको वैकल्पिक कार्यशाला कक्षाहरू, भिगन विषयवस्तुमा आधारित चलचित्रहरू प्रदर्शनी आदिको साथमा अन्तरक्रियात्मक कार्यशाला कक्षाहरू रहेको कार्यक्रम पत्रमा उल्लेख छ । फेस्टिभलको अर्को आकर्षक कार्यक्रम पाँच कि.मि. दुरीको म्याराथन पनि रहेको छ । यसैगरी योग एवं फिट्नेस क्रियाकलापहरू संलग्न गरिएको छ ।
बालक्रियाकलाप लगायत भिगनजीवन शैलीबारे विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने मध्यबाट तीनजनालाई पुरस्कृत गरिने जस्ता कार्यक्रम रहेका छन् । विश्वमा हाल ७ करोड ९० लाख भिगन जीवनशैली अपनाउनेहरू रहेको जानकारी दिँदै शान्ति तथा अहिंसाका दूत भगवान बुद्धको देश नेपालमा गर्न लागिएको दि हिमालयन भिगन फेस्टिभल २०२२ बाट संसारमा रहेका मानिसहरूलाई अबको जीवन शैली भनेको भिगन हो भन्ने सन्देश दिन खोजिएको फेस्टिभलका कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया