Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो दशैँ रिचार्ज बोनस

एनसेलले ल्यायो दशैँ रिचार्ज बोनस


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन एक सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस व्यालेन्स प्राप्त गर्न सक्छन् ।

यो योजना मंगलबार देखि संचालनमा आएको एनसेलले जनाएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले एक सय रुपैयाँको रिचार्ज गर्दा १ दिन मान्य रहने १० रुपैयाँ बोनसस्वरुप प्राप्त गर्नछन् । यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस व्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ । यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी एक सय ५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनसस्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम तीन दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी दुई सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेमा ४० रुपैयाँ बोनस व्यालेन्स प्राप्त गर्छन् । यो बोनस रकम सात दिनको लागि मान्य हुन्छ । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

आफ्ना ग्राहकका लागि रिचार्जमा बोनस व्यालेन्स सुनिश्तित गर्दै आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदानप्रदान गर्नमा थप मद्दत गर्ने एनसेलले विश्वास लिएको उल्लेख गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया