Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको दशैँ धमाका अभियान

दराजको दशैँ धमाका अभियान


काठमाडौं । अनलाइन बजार दराजले दशैँ पर्वलाई लक्षित गरी दशैँ धमाका अभियान घोषणा गरेको छ । बुधबारदेखि सुरु भएको यो अभियान गत वर्षको भन्दा भव्य र ठूलो हुने कम्पनीले जनाएको छ ।

यस अभियानअन्तर्गत ग्राहकले ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजारसम्मको मेगा भौचर र बम्पर उपहारमा इलेक्ट्रोनिक्स स्कुटर जित्ने मौका पाउनेछन् । यस्तै कार्ड प्रि–पेमेन्टमा ग्राहकले डेभिड कार्डमार्फत १५ प्रतिशत र क्रेडिट कार्डमार्फत २० प्रतिशत छुट पाउनेछन् । यससँगै यस अभियानको पहिलो दिन आईएमई पे वा इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशतसम्मको अतिरिक्त छुट पनि प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार विगतमा जस्तै यस वर्ष पनि दशैँ धमाकाले एक रुपैयाँमा विभिन्न लोकप्रिय खेलहरु पनि फिचर गर्नेछ, जसमार्फत ग्राहकले एक रुपैयाँमा विभिन्न पुरस्कारहरु जित्ने मौका पाउनेछन् । एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरुलाई एक रुपैयाँ फिर्ता गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया