ब्रोडवे इन्फोसिसले आईसीटी अवार्डमा ट्रेनिङ पार्टनरको रुपमा सहकार्य गर्ने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ट्रेनिङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ । ब्रोडवे इन्फोसिस सीईओ राजु अधिकारी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
आईसीटी अवार्ड २०२२ को ‘ट्रेनिङ पार्टनर’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ । ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरुमार्फत १० हजार बढी विद्यार्थीलाई स्किल विकास गर्दै सर्टिफाइड र जब प्लेसमेन्टमा काम गरिसकेको छ । कम्पनीले विद्यार्थीसँगै सरकारी तथा निजी कर्मचारीहरुको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौँ संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुँदै छ ।
लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ट सल्लाहकारहरु छन् । यस वर्ष साउथ एसियाबाहेक अन्य ११ विधामा चार सय बढीको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला छ । आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यसैगरी प्रि–इभेन्ट क्याम्पियनको रुपमा कात्तिक तेस्रो साता देशैभरका सयभन्दा बढी डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया