नेपाल इको प्यानलले आफैँ बनाउन थाल्यो एडेसिभ सिमेन्ट
काठमाडौं । नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक एडेसिभ सिमेन्ट बनाउने प्लान्ट आफैँ स्थापना गरेको छ । नेपाल इको प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड ग्रुप ज्वाइन्टमा प्रयोग हुने विशेष प्रकारको सिमेन्ट आफैँ बनाउनथालेको हो । यसभन्दा अगाडि कम्पनीले यो सिमेन्ट भारत र चीनबाट आयात गर्दथ्यो ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले एकपछि अर्काे प्रगति गर्दै जाने क्रममा नेपाल इको प्यानल जडानका लागि आवश्यक सिमेन्ट आफैँ बनाउन सुरु गरेको जानकारी गराए । कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा नेपाल इको प्यानल जडान मात्रै गरे पुग्छ । यही नेपाल इको प्यानल जडानका लागि यस्तो विशेष प्रकारको सिमेन्टको आवश्यकता पर्दछ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीव्र निर्माण सम्भव भएको हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग उच्च रहेको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया