काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलामा उपभोक्ताहरुको भीड बढ्नथालेको छ । चाडबाडलक्षित मेलामा विशेष अफरसहित सुपथ मूल्यमा जुत्ता चप्पल पाएपछि ग्राहकहरुको भीड बढेको हो ।
मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाइलाइफ, वान वल्र्ड शुज, फुटस्टेप शुज, बोस शुज, पीजी शुज, बेम्बो शुज, एस लेजरका दुई हजारभन्दा बढी आकर्षक र नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धनिर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला सञ्चालन गरेको समूहले नै दशैँ जुत्ता चप्पल मेला आयोजना गरेका हुन् । बजारमा सस्तो जुत्तालाई पनि महँगो मूल्य राखेर उपभोक्तालाई ठग्ने गरिएको पाईएकोले मेलामा जति हो त्यति नै मूल्य राखिँदा उपभोक्ताहरु ठगिनबाट जोगिएको आयोजकको दाबी छ ।
एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोक्ताले छानी–छानी किन्न पाउनुका साथै हरेका ब्राण्डका जुत्तामा कम्तीमा छ महिनाको वारेन्टी रहेको आयोजकको भनाइ छ । ‘मेलामा हामीले एकदमै सस्तो उत्पादन फ्याक्ट्री मूल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल बिक्रीवितरण गरिरहेका छौँ, यसको उद्देश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने हो ।’ आयोजकले भनेको छ । नेपाली सीप र पुँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्ता नै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया