Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

सेलपे दशैँ अफर


काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले दशैँको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ ।

यस योजनाअन्तर्गत हरेक ग्राहकहरुले हवाइ टिकटमा एक हजार दुई सय रुपैयाँसम्म, बस टिकटमा १० प्रतिशतसम्म, सुबिसु र भायनेट इन्टरनेट भुक्तानीमा पाँच प्रतिशत र मोबाइल रिचार्जमा छ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन् ।

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया