Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई३५ र वाई २२ सार्वजनिक

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई३५ र वाई २२ सार्वजनिक


काठमाडौं । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्नेछन् । स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई२२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुने कम्पनीको दाबी छ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको बताए । उनका अनुसार स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले विस्तारित -याम ३.० अर्थात ८जीबी -याममा थप ८जीबीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ । साथै एउटा एपबाट अर्कोमा विना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५०००एमएएच ब्याट्री रहेको छ, जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र उच्च गुणस्तरिय तस्बिरहरू खिच्छ र व्यावसायिक क्यामेराजस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्याविना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । साथै बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ ।

यसैगरि भिभो वाई२२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर छ, जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा सञ्चालित छ । वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेटलगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । त्यस्तै मल्टिस्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्दछ । दुबै वाई३५ र वाई२२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन्, जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेसका कारण होल्ड गर्न सहज छन् । २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।

वाई३५ (८जीबी प्लस १२८जीबी) दुई ट्रेन्डी कलर भेरियन्ट एगेट ब्ल्या-¥याम र ६४जीबी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया