Techie IT
×
गृहपृष्ठकर्पोरेटटेलिकमले निःशुल्क ई–सिम वितरण गर्ने

टेलिकमले निःशुल्क ई–सिम वितरण गर्ने


काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्ने भएको छ । टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट शुक्रबारदेखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्न सुरु गरेको हो ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिनेछ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइनेछैन । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिन आवश्यक फारम भरेर बुझाउनुपर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो ।

ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् ने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया