Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखल्ती ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड’बाट सम्मानित

खल्ती ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड’बाट सम्मानित


काठमाडौं । खल्ती डिजिटल वालेट ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्ड’बाट मलेसियामा पुरस्कृत भएको छ । नेपालबाट क्यान महासंघलगायत विश्वका विभिन्न ८० देशका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित संस्थाहरु सदस्य रहेको विट्साले मलेसियाको पेनाङमा भइरहेको वर्ल्ड कंग्रेस अन इन्नोभेसन एण्ड टेक्नोलोजी २०२२ को दोस्रो दिन खल्तीलाई पुरस्कृत गरेको हो ।

विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको ग्लोवल आईसीटी एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरुमार्फत नामांकनका निम्ति आह्वान गरेको थियो । पुरस्कारका निम्ति विभिन्न १४ विधामा नामांकनका निम्ति आह्वान गरिएकोमा नेपालबाट क्यान महासंघमा प्राप्त विभिन्न नामांकनहरुमध्ये तीन विधाका निम्ति सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका विभिन्न पाँचवटा कम्पनी छनौट गरी पठाईएको थियो । जसमध्ये खल्ती डिजिटल वालेट (स्पारो पे प्रा.लि.) विश्वभरवाट प्राप्त सयौं नामांकनहरुमध्ये डिजिटल अपर्चुनिटी/इन्क्लुजन विधामा पुरस्कृत भएको क्यान महासंघले जनाएको छ । खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुरस्कार ग्रहणका निम्ति पेनाङमा उपस्थित भएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया