Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा नयाँ बढी फिज आउने पेप्सीको बिक्री सुरु

नेपालमा नयाँ बढी फिज आउने पेप्सीको बिक्री सुरु


काठमाडौं । स्वागलाई उचाइमा पु-याउँदै पेप्सीले नेपालका उपभोक्ताहरूको मन लोभ्याउन ‘मोर फिज’युक्त नयाँ पेप्सी सार्जजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ परिमार्जित पेप्सीमा बढी फिज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्फूर्तिदायी स्वाद प्रदान गर्नेछ ।

यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्ताहरूलाई यो पेय पदार्थ अपरिहार्य बन्न जानेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । यो नयाँ ‘मोर फिज’ पेप्सीको अनावरण काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमका बीच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो । नेपालमा आउँदा दिनहरूमा गरिने ‘मोर फिज, मोर स्वाग’ अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ । उक्त कार्यक्रममा पेप्सीको, नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको बताए । बजार अध्ययनले देखाएअनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिने उनको भनाइ छ ।

यस्तै पेप्सीका ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले सबैलाई नयाँ पेप्सी टेस्ट गर्न आग्रह गरे । नयाँ मोर फिज पेप्सी सिंगल र मल्टि पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया